०४ असार २०८३, बिहीबार

गायिकाको रहस्यमय मृत्यु प्रकरणः पोस्टमार्टमको प्रतिवेदन पर्खिँदै प्रहरी

गायिकाको रहस्यमय मृत्यु प्रकरणः पोस्टमार्टमको प्रतिवेदन पर्खिँदै प्रहरी

काठमाडौंको नेपालटारस्थित आफ्नै कोठामा मृत भेटिएकी गायिका दिलमाया सुनारको हत्या भएको आरोप लगाउँदै बुबा केसर विकले प्रहरीमा किटानी जाहेरी दिएका छन् । घटनालगत्तै पक्राउ परेका काभ्रेपलाञ्चोकका सूर्य भन्ने खिलबहादुर श्रेष्ठविरुद्ध विकले बालाजु प्रहरीमा किटानी जाहेरी दिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । किटानी जाहेरीसँगै ज्यानसम्बन्धी कसूरमा श्रेष्ठमाथि अनुसन्धान भइरहेको छ । श्रेष्ठलाई आइतबार प्रहरीले पक्राउ गरेको थियो ।

गायिका सुनार शनिबार आफ्नै कोठामा मृत भेटिएकी थिइन् । घटनास्थलमा मोबाइल फेला नपरेको र उनको सलसमेत समेत घटनास्थलभन्दा बाहिर फेला परेकाले कर्तव्य गरी मरिएको आशङ्कामा प्रहरीले अनुसन्धान अघि बढाएको थियो । 

पक्राउ परेका श्रेष्ठ उनका प्रेमी रहेको बुझिएको छ । पोस्टमार्टमको प्रतिवेदन आएपछि घटनाको वास्तविक कारण खुल्ने भन्दै प्रहरीले अहिलेसम्म केही भन्न नसकिने जनाएको छ । घटना हुनु अघिल्लो दिन गायिका सुनारको फेसबुक स्टेटस सार्वजनिक भएको थियो । 

त्यसमा उनले कुनै पनि बेला जे पनि हुनसक्ने र घटनामा कसैलाई दोष नदिन अनुरोध गरिएको थियो । उक्त स्टेटस दबाबमा लेखिएको आशङ्का गरिएको  छ । प्रहरी स्रोतका अनुसार श्रेष्ठले त्यसदिन उनको कोठामा गएको स्वीकारे पनि हत्या आरोप अस्वीकार गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्