०२ असार २०८३, मंगलबार

कोटेश्वरमा माइक्रो बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

कोटेश्वरमा माइक्रो बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौंको कोटेश्वरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु गएको छ ।

कोटेश्वरबाट बालकुमारीतर्फ जाँदै गरेको माइक्रो बस अनियन्त्रित भई पैदल यात्रुलाई ठक्कर दिँदा एक जनाएको मृत्यु भएको हो ।

बा२ख १२३१ नम्बरको  माइक्रो बस कोटेश्वरबाट बालकुमारी तर्फ जाँदै गर्दा मोटर साइकललाई जोगाउन खोज्दा विपरीत दिशा तर्फबाट आउँदै गरेको बा००६ख ०३९५ नम्बरको ट्रकमा ठोकिएको छ ।

उक्त माइक्रोको ठक्करबाट पैदल यात्री जिल्ला स्याङ्जा थेलचोङ  वर्ष ५२ को देवकुमार सेनको उपचारको क्रममा वि एण्ड वि  अस्पतालमा मुत्यु भएको अस्पतालले जनाएको छ ।

माइक्रो चालक फरार रहेको र उक्त चालकलाई खोजी कार्य भइरहेको प्रहरी वृत्त बानेश्वरले जनाएको छ । 

प्रहरीका अनुसार माइक्रो सह चालक रामेछाप नगरपालिका ६ घर भएका विमल सुनुवार घाइते  भएका छन् ।

उनको वि एण्ड वि अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्