३१ असार २०८३, बुधबार

दुर्गममा टेलिकमको सेवा विस्तार

दुर्गममा टेलिकमको सेवा विस्तार

बागलुङ सदरमुकामदेखि ३६ कोष पश्चिम तमानखोला गाउँपालिका–४ लाममेलामा नेपाल टेलिकमले मोबाइल सेवा पुर्‍याएको छ । छिमेकी तमान गाउँमा रहेको बिटिएस टावरबाट अप्टिकल फाइबारमार्फत नेटवर्क पु¥याई लाममेलामा सेवा सञ्चालन गरिएको टेलिकम बागलुङ कार्यालयले जनाएको छ ।

यसअघि टाढाको टावरमा भर पर्दा स्थानीयवासी गुणस्तरीय मोबाइल सेवाबाट वञ्चित थिए । इन्टेरनेटका लागि डाटा सेवा पनि उपलब्ध थिएन । अप्टिलकल फाइबर विस्तारसँगै स्थानीयवासीले सहज रुपमा थ्रिजी इन्टरनेट र भ्वाइस सेवा पाएको कार्यालयका वरिष्ठ इन्जिनियर केशव शर्माले जानकारी दिए । 

भौगोलिक कठिनाइका कारण रेडियो लिङ्कमार्फत सेवा पु¥याउन सम्भव नभएपछि अप्टिकल फाइबारबाट सेवा विस्तार गरिएको उनको भनाइ छ ।

तमान–४ का अध्यक्ष छप्रसाद श्रीपालीले मोबाइल सेवा पाउनबाट वञ्चित भइरहेका दुर्गमका बासिन्दालाई टावर राखेपछि सहज भएको बताए । 

salt training

कमेन्ट गर्नुहोस्