काठमाडौं, २० पुस — विज्ञानकथाहरूमा टाइम ट्राभल अर्थात् एउटा समयका मानिस मशिनमा बसेर अर्कै समयमा पुग्ने प्रसंग आइरहन्छन् ।

जिज्ञासाप्रिय मानिसलाई इतिहासमा अनि भविष्यमा गएर प्रत्यक्ष हेर्ने चाहना हुनु स्वाभाविक हो । समयको नियमित गतिलाई चुनौती दिँदा मानिस खुशी नै हुन्छन् ।
मानिसको यही चाहनालाई आत्मसात गर्दै अमेरिकाको युनाइटेड एयरवेजले एउटा योजना सार्वजनिक गरेको थियो ।
योजना अनुसार चीनको शांघाईमा सन् २०१७ मा उडेका विमान अमेरिकाको सान फ्रान्सिस्कोमा सन् २०१६ मा उत्रियो ।
विमानका भाग्यमानी यात्रुहरूले २४ घन्टाभित्र दुईचोटि नयाँ वर्ष मनाउन पाए ।
चीन र अमेरिकाको समय अन्तरलाई विचार गर्दै यो उडान भरिएको थियो । चीनमा नयाँ वर्ष लागिसकेपछि उडेको
विमान अमेरिका पुग्दा त्यहाँ अघिल्लो वर्ष नै चलिरहेको थियो ।
एजेन्सी