२८ जेठ २०८३, बिहीबार

नेकपा (एस)को मन्त्री फेर्ने निर्णय अपरिपक्व- दीनानाथ शर्मा

नेकपा (एस)को मन्त्री फेर्ने निर्णय अपरिपक्व- दीनानाथ शर्मा

नेकपा (माओवादी केन्द्र) का नेता दीनानाथ शर्माले नेकपा (एकीकृत समाजवादी) को मन्त्री फिर्ता गर्ने निर्णय अपरिपक्व भएको बताएका छन् । मंगलवार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य शर्माले यस्तो बताएका हुन् । 

उनले ४/५ महिनामा कुनै पनि मन्त्रीले कामको परिणाम दिन नसक्ने भन्दै एउटा निश्चित अवधि काम गर्न पाउने अधिकार मन्त्रीलाई दिनुपर्ने बताए ।

नेकपा (माओवादी केन्द्र) मा भने मन्त्री हेरफेरसम्बन्धी कुनै छलफल नभएको उनको भनाइ छ ।  

‘छिटोछिटो मन्त्री फेर्नु त्यति राम्रो होइन, जनताले त्यसलाई राम्रो मानेका छैनन्,’ उनले भने, ‘मन्त्री ३/६ महिनामा पालो पुर्‍याएर चलाउने पद्धतिलाई प्रोत्साहन गर्नु हुँदैन, यसलाई निरुत्साहित गर्नुपर्छ ।’

केन्द्रीय सदस्य शर्माले आगामी निर्वाचनसम्म अहिलेको गठबन्धन निर्धक्क जाने दाबी गर्दै गठबन्धनलाई व्यवस्थित र सुदृढ गर्न आफूहरू लागिपरेको बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्