०६ असार २०८३, शनिबार

श्रीमती र छोरालाई पार्टीको केन्द्रीय सदस्य बनाएको आरोपबारे वामदेवले दिए स्पष्टीकरण

श्रीमती र छोरालाई पार्टीको केन्द्रीय सदस्य बनाएको आरोपबारे वामदेवले दिए स्पष्टीकरण

नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले आफ्नो परिवारका सबै सदस्य नै कम्युनिस्ट आन्दोलनमा लागेको बताएका छन् । 

मंगलवार नेकपा एकता राष्ट्रिय अभियान नामक नयाँ पार्टीको घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै गौतमले कठिन परिस्थितिमा पनि परिवारका सदस्यहरू कम्युनिस्ट आन्दोलनमा रहेको बताएका हुन् । 

‘पार्टीमा श्रीमती र छोरा छन् । सिंगो परिवार कम्युनिस्ट आन्दोलनमा छन् । जति छन् मेरा सन्तान सबै आन्दोलनमा लागेका छन् । आज होइन कठिन परिस्थितिमा छन्,’ गौतमले भने, ‘मैले कुनै कम्पनी या व्यवसाय खोलेर लगाएको छैन, जीवन नै कम्युनिस्ट आन्दोलनमा समर्पित गरेको छु ।’

प्रतिनिधि सभा सदस्यसमेत रहेकी गौतमकी पत्नी तुल्सा थापा नेकपा एकता राष्ट्रिय अभियानकी सदस्य छिन् । गौतमले नेपालका कम्युनिस्ट पार्टीलाई एकीकृत गर्ने आफ्नो लक्ष्य रहेको बताए । 

salt training

कमेन्ट गर्नुहोस्