
काठमाडौं, ८ साउन — सधैं त्यही दालभात खाँदाखाँदा बोर हुनुभएको होला । केही नयाँ ट्राई गर्ने हो त ? आज हामी चिनियाँ स्टाइलको मशरूम फ्राइड राइस बनाउन सिकाउँछौं ।

सामग्री
तीन कप भात
दुई ठूला चम्चा काटिएका लसून
एक प्याकेट च्याउ (ठूलो टुक्रामा काटिएका)
एक गाजर (मसिनो गरी काटेको)
दुई हरियो प्याज (मसिनो गरी काटेको)
एक चम्चा खुर्सानीको सस
दुई चम्चा सोयाको सस
एक चम्चा चूक अमिलो
नून अनि मरिचको धूलो स्वादअनुसार
तेल चार ठूलो चम्चा
विधि
सबभन्दा पहिला कराहीमा तेल तताउनुस् । त्यसपछि यसमा लसून हालेर भुट्नुस् ।
अब माथि उल्लेखित तरकारीहरू पनि हालेर तीन मिनेटसम्म भुट्नुस् ।
भात र अन्य बाँकी सबै सामग्री हालेर चारपाँच मिनेट जति फ्राई गर्नुस् ।
अब यसलाई तात्तातो सर्भ गर्नुस् ।
एजेन्सी