
प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । उनी राष्ट्रपतिसँग भेटका लागि मंगलबार साँझ शीतलनिवास पुगेका हुन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले प्रधानमन्त्री राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेको पुष्टि गरे । उनले भेटवार्ताको कुनै विशेष विषय नभएको दावी गर्दै नियमित भेटमात्रै भएको बताए ।
‘१५ दिन २० दिनमा भेटघाट हुने नियमित प्रचलन नै हो। सोही अनुसार आज भेट भएको छ’, उनले भने ।