
काठमाडौं, २० पुस–संविधान संशोधन विधेयक सम्बन्धमा सर्वोच्च अदालतको आदेशपछि संयुक्त धारणा बनाउन संघीय गठबन्धन र मधेसी मोर्चाको बैठक आज बस्दैछ ।
संविधान संशोधन बारे सर्वोच्च अदालतको आदेशपछि आफ्नो धारणा बनाउन संघीय गठबन्ध र मधेसी मोर्चाको बैठक बस्दैछ ।
गठबन्धन र मोर्चाको बैठक छुट्टाछुट्टै बसेर संशोधन प्रक्रिया अघि बढाउने विषयमा छलफल गर्न लागेका हुन् । मध्यान्ह १२ बजे संघीय गठबन्धनको बैठक बस्नेछ भने अपरान्ह ३ बजे संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक बस्नेछ ।
एमालेले संविधान संशोधन बिद्येयक फिर्ता लिन सत्तारुढ दललाई आग्रह गरिरहेका बेला मधेस केन्द्रित दलका नेताहरुले त्यसलाई पारित गराउन मोर्चाका तर्फबाट खेल्ने भूमिकावारे छलफल गर्न लागेका हुन् ।
सर्वाेच्च अदालको आदेशसँगै संशोधन विधेयक अघि बढाउने वातावरण बनेको भन्दै मोर्चाले सत्तारुढ लगायतका दलहरुसँग समर्थन जुटाउने प्रयास थालेको हो । सोमबार सर्वोच्च अदालतले संविधान संशोधन गर्ने अधिकार संसदको भएको जनाएको थियो ।