
काठमाडौं, ८ साउन– चीन र भूटानबीचको सीमा स्थल डोक्लामका कारण यतिखेर दुई छिमेकी भारत र चीन युद्धको अवस्थामा पुगेका छन् ।
चीनले सीमा क्षेत्रमा सडक बनाएको विरोधमा उत्रिएको भारतले भुटानको सीमा क्षेत्रमा आफ्नो सेना उतारेर चीनको सडक बनाउने अभियानलाई रोकेको छ ।
चीनले डोक्लामबाट भारतीय सेना फर्कनुपर्ने पहिलो शर्त राखेको छ । भने भारतले चीनले सीमा क्षेत्रमा सडक निर्माण गर्दै साने देश भुटानलाई हेपेको भन्दै सामरिक महत्वको डोकलामबाट तत्काल हट्ने संकेत गरेको छैन ।
चीनले भने आफ्नो जनता एक इन्च जमिन पनि गुमाउने पक्षमा नरहेको भन्दै तत्काल विवादीत क्षेत्रबाट हट्न अन्यथा परिणाम भोग्न तयार रहन चेतावनी दिएको छ ।
यसबीच, सीमामा चीनसँगै तनाव बढेपछि भारतीय राष्ट्रिय स्वयंसेवक संघले छिमेकी देशसँग लड्नका लागि नायाँ उपाय निकालेको छ ।
संघले चीन जस्तो ‘दानव’ संग लड्नका लागि हतियारको नभइ मन्त्रको सहारा लिन आग्रह गरेको छ । संघले भारतीयलाई चिनियाँ उत्पादनलाई बहिस्कार गरेर आर्थिक रुपमा चीनलाई नोक्सा पु¥याउृन चाहेको बताएको छ । साथै उसको सवै भारतीयलाई घरमा पूजा अर्चना गर्ने समयमा पाँच पटक एक खास मन्त्र जप गर्न आग्रह गरेको छ । जसबाट चीनको दानवीय शक्तिसँग लड्न सकियोस् ।
आरएसएसका वरिष्ठ पदाधिकारी इन्द्रेश कुमारका अनुसार‘ कैलाश, हिमालय र तिव्वत चीनको आसुरी शक्तिबाट मुक्त होस्’ यो मन्त्रको जप हरेक भारतीय चाहे त्यो हिन्दू हो या मुसलमान पूजा अर्चना या नमाजको समयमा पढ्न जरुरी छ । यसले चीनको हितलाई नोक्सान पुग्ने र वातावरणमा सकारात्मक उर्जा उत्पादन हुने उनको दाबी छ ।
आरएसएस तथा उनको सहयोगी संगठन लगातार चीनको उत्पादनको बहिष्कारको अभियान चलाइरहेका छन् । दीपावलीको समय चीनको पटाका तथा लाइटको प्रयोग न गर्न आग्रह गरेको थियो जुन निकै प्रभावकारी भएको थियो ।