२४ जेठ २०८३, आइतबार

जी७ले लाखौं मानिसलाई भोकमरीमा पारेको आरोप

असार १५, २०७९
जी७ले लाखौं मानिसलाई भोकमरीमा पारेको आरोप

जी७ मुलुकहरूले लाखौं मानिसलाई भोकमरीमा पारेको र पृथ्वीलाई थप तातो बनाएर पकाउनै लागेको विश्वव्यापी सहायता संस्था अक्सफ्यामले आरोप लगाएको छ । 

उक्त संस्थाका असमानता नीति प्रमुख म्याक्स लसनले मंगलवार एक बयान जारी गरेर जी७ मुलुकहरूले भोकमरीसँग लड्नका लागि जम्मा साढे चार अर्ब डलर छुट्ट्याएकोलाई विरोध गरेका छन् । 

लसनका अनुसार, खाद्यान्न र कृषि लगानीका लागि कम्तीमा साढे २८ अर्ब डलर आवश्यक छ । संयुक्त राष्ट्रसंघले गरेको मानवीय अपीलको ठूलो अन्तरलाई भर्न यति रकम आवश्यक रहेको उनको तर्क छ । 

जी७ मुलुकहरूले विश्वव्यापी खाद्य असुरक्षाको सामना गर्न यो वर्ष लगभग १४ अर्ब डलरको प्रतिबद्धता व्यक्त गरेका छन् । 

तर उक्त रकममध्ये कति वास्तविक लाभार्थीमा पुगेको स्पष्ट छैन । अमेरिकी संसद्ले युक्रेनका लागि हतियार र सहायता प्याकेज मे महिनामा पारित गरेकोमा विश्वव्यापी भोकमरी अन्त्यका लागि ५ अर्ब डलर पनि छुट्ट्याएका थिए । तर त्यसमध्येको एक डलर पनि अहिलेसम्म नपठाइएको पोलिटिको पत्रिकाले खबर दिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्