२५ जेठ २०८३, सोमबार

अवरुद्ध पृथ्वी राजमार्ग खुल्यो

अवरुद्ध पृथ्वी राजमार्ग खुल्यो
फाइल तस्वीर।

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी-२ स्थित ऐना पहरा नजिक पहिरो खसेर अवरुद्ध भएको राजमार्ग सञ्चालनमा आएको छ ।

माथिबाट पहिरो खस्दा अवरुद्ध भएको राजमार्ग डोजरको सहायताले पहिरो पञ्छाएपछि पुनः सञ्चालन भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ । 

बिहान करिब ६ बजेदेखि पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको थियो । सयौँ सवारीसाधन रोकिन पुगेका थियो ।

मुग्लिन, आँबुखैरेनी हुँदै गोरखा जाने सडकमा सवारीसाधन पुनः सञ्चालन भए पनि पोखरा जाने सडक अवरुद्ध नै रहेको प्रहरीले जनाएको छ । 

त्यसै गरी सोही वडास्थित ढावटारमा भने राजमार्ग अवरुद्ध नै छ । माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएपछि पहिरो पञ्छाउने कार्य भइरहेको तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्