०५ असार २०८३, शुक्रबार

चपली सबस्टेसनको ट्रान्सफर्मरमा समस्या, बूढानीलकण्ठ क्षेत्रको विद्युत् आपूर्ति बन्द

चपली सबस्टेसनको ट्रान्सफर्मरमा समस्या, बूढानीलकण्ठ क्षेत्रको विद्युत् आपूर्ति बन्द

बूढानीलकण्ठ नगरपालिकाको चपलीस्थित चपली सबस्टेसनको पावर ट्रान्सफर्मरमा समस्या आएको छ । 

सबस्टेसनमा रहेका १०/१० एमभीए क्षमताका तीन वटा ट्रान्सफर्मरहरूमध्ये एउटामा बुधवार बिहान ५ बजेबाट समस्या देखिएको हो । 

ट्रान्सफर्मरमा समस्या आउँदा टोखा, मण्डीखाटार, बाँसबारी, धापासी हाइट, बूढानीलकण्ठ, तारेभीर, झोरलगायतका क्षेत्रमा विद्युत आपूर्ति बन्द छ । उक्त ट्रान्सफर्मरबाट पाँच वटा फिडर निकाली ती क्षेत्रमा विद्युत आपूर्ति हुँदै आएको थियो ।

नेपाल विद्युत प्राधिकरण महाराजगञ्ज वितरण केन्द्र प्रमुख प्रज्वलमान श्रेष्ठले सम्भव भएका स्थानमा अन्य सबस्टेसनबाट वैकल्पिक व्यवस्था गरी विद्युत आपूर्ति गरिएको बताए । 

उनका अनुसार समस्या देखिएको ट्रान्सफर्मरलाई हटाएर जगेडामा रहेको ट्रान्सफर्मर जडान गर्न लागिएको छ । 

नयाँ ट्रान्सफर्मर जडान जतिसक्दो छिटो सम्पन्न गरी विद्युत आपूर्ति सुचारु गर्न टोली परिचालित भएको श्रेष्ठले उल्लेख गरे ।

salt training

कमेन्ट गर्नुहोस्