०४ असार २०८३, बिहीबार

मोटो रकम कुम्लाएर बूढीगण्डकी बेच्न खोजियोः एमाले

कात्तिक २०, २०७४
मोटो रकम कुम्लाएर बूढीगण्डकी बेच्न खोजियोः एमाले

काठमाडौं ८ साउन-सरकारले अपारदर्शी ढंगले बूढीगण्डकी आयोजना निर्माणको चिनिया कम्पनीलाई निर्माणको जिम्मा दिएको भन्दै संसद्मा एमालेले बिरोध जनाएको छ ।

व्यवस्थापिका संसद्को आइतवार बसेको बैठकको विशेष समयमा एमाले सांसद राजेन्द्र पाण्डेले आयोजनाका सन्दर्भमा सरकारले स्पष्ट जवाफ दिनुपर्ने माग गरेका हुन् ।

पूर्ववर्ती पुष्पकमल दाहाल प्रचण्ड सरकारले विबादास्पद चिनिया कम्पनीलाई बूढीगण्डकी आयोजना निर्माणको जिम्मा लगाउने निर्णय गरेको थियो ।

‘आयोजना निर्माणको शिलशिलामा इन्धनमा कर लगाएर पैसा उठाइसकेको सन्दर्भमा आयोजनाको काम कसरी हुन आटेको हो ? सरकारले संसदमा जानकारी गराउनु पर्छ’ पाण्डेले भने, ‘अन्यथा यो धादली, धेरै मोटो रकम कुल्याएर बेच्न खोजिएको ठहर्छ ।’

salt training

कमेन्ट गर्नुहोस्