३१ जेठ २०८३, आइतबार

बालिकाको उपचारमा आर्थिक समस्या भएपछि रामचन्द्र पौडेलले गरे सहयोग

बालिकाको उपचारमा आर्थिक समस्या भएपछि रामचन्द्र पौडेलले गरे सहयोग

तनहुँको व्यास नगरपालिका-११ शेरा निवासी चार वर्षीया बालिका युविना थापा मगरको उपचारका लागि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले आर्थिक सहयोग गरेका छन् । 

बुल्दीखोलाले बगाएर पाठेघरमा काठको टुक्रा पसेपछि उपचाररत बालिकाको सहयोगार्थ पौडेलले आज १० हजार आर्थिक सहयोग गरेका हुन् । 

पोखरास्थित फिस्टेल अस्पतालमा उपचार गराइरहेकी बालिकाको शल्यक्रियाका लागि आर्थिक अभाव भएको जानकारी पाएपछि पौडेलले उक्त रकम पठाएका हुन् ।

सोही वडाको वसन्त आधारभूत विद्यालयमा कक्षा नर्सरीमा अध्ययनरत थापालाई खोलाले बगाउँदा असार २ गते पाठेघरमा काठको टुक्रा पसेको थियो ।

बालिकाको शल्यक्रियाका लागि आर्थिक अभाव भएपछि परिवारले सहयोगको अपिल गरेको छ । 

बालिकाको उपचारारार्थ आमा छुनुमाया थापाको नाममा एनएमबी बैंक लेकसाइड शाखामा खाता खोलिएको छ । सहयोग गर्न चाहनेले १४९०१८८२८५००००१९ खाता नम्बरमा सहयोग गर्न आग्रह गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्