२२ जेठ २०८३, शुक्रबार

किसानको खेतमा रोपाइँ गरेर मनाइयो धान दिवस

किसानको खेतमा रोपाइँ गरेर मनाइयो धान दिवस

बुटवल उपमहानगरपालिकाले धान दिवसलाई किसानको खेतमा रोपाइँ गरेर मनाएको छ । 

उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेको नेतृत्वमा वडाध्यक्ष सहितका जनप्रतिनिधि, राजनीतिक दलका नेता, कार्यकर्ता, किसानको टोलीले बुटवल–१९ का तिलक थारुको खेतमा रोपाइँ गरेको हो । 

विक्रम संवत् २०६१ सालमा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघमार्फत अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गरेपछि नेपालमा विक्रम संवत् २०६१ मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार विक्रम संवत् २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन शुरू गरिएको हो ।

रोपाइँ कार्यक्रमअघि आयोजित कार्यक्रममा नगर प्रमुख खेलराज पाण्डेले बुटवल–१८ र १९ को क्षेत्रलाई हरियाली क्षेत्रका रूपमा विकास गर्ने बताए । उनले त्यो क्षेत्रमा उत्पादन हुने तरकारी, फलफूल सहितका कृषिजन्य उत्पादनलाई भैरहवा विमानस्थलबाट विदेश लैजाने गरी उत्पादनमा जोड दिन स्थानीयलाई आग्रह गरे ।

‘यो क्षेत्रलाई कृषि उत्पादनमा अगाडि बढाउनुपर्छ, यहाँका वासिन्दाले चासो नदिने र व्यावसायिक उत्पादन शुरू नगर्ने हो भने हामी आत्मनिर्भर बन्न सक्दैनौं,’ उनले भने, ‘यहाँ उत्पादन भएको तरकारी, फलफूल यहीँ खपत गर्ने र विदेश निर्यात गर्ने गरी तपाईंहरूले चासो दिनुहोस्, उपमहानगरपालिकाले के कसरी साथ दिनुपर्ने हो ? दिन्छ ।’

रोपाइँ कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे, प्रवक्ता शिव राना, वडा नम्बर १९ का अध्यक्ष चन्द्रसिंह थापा सहितका वडाध्यक्ष, सदस्यहरू सहभागी थिए । 

salt training

कमेन्ट गर्नुहोस्