साउन ३१, २०७९
बिरामी बोक्ने एम्बुलेन्सबाट प्रतिबन्धित गाँजा बरामद भएको छ । सिरहा प्रहरीले को १ च ७५७७ नम्बरको एम्बुलेन्स चेकजाँच गर्दा ९० किलो गाँजा बरामद गरेको हो । प्रहरीले एम्बुलेन्स चालकलाई नियन्त्रणमा लिएको छ । ई...
बुटवल उपमहानगरपालिकाले धान दिवसलाई किसानको खेतमा रोपाइँ गरेर मनाएको छ ।
उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेको नेतृत्वमा वडाध्यक्ष सहितका जनप्रतिनिधि, राजनीतिक दलका नेता, कार्यकर्ता, किसानको टोलीले बुटवल–१९ का तिलक थारुको खेतमा रोपाइँ गरेको हो ।
विक्रम संवत् २०६१ सालमा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघमार्फत अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गरेपछि नेपालमा विक्रम संवत् २०६१ मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार विक्रम संवत् २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन शुरू गरिएको हो ।
रोपाइँ कार्यक्रमअघि आयोजित कार्यक्रममा नगर प्रमुख खेलराज पाण्डेले बुटवल–१८ र १९ को क्षेत्रलाई हरियाली क्षेत्रका रूपमा विकास गर्ने बताए । उनले त्यो क्षेत्रमा उत्पादन हुने तरकारी, फलफूल सहितका कृषिजन्य उत्पादनलाई भैरहवा विमानस्थलबाट विदेश लैजाने गरी उत्पादनमा जोड दिन स्थानीयलाई आग्रह गरे ।
‘यो क्षेत्रलाई कृषि उत्पादनमा अगाडि बढाउनुपर्छ, यहाँका वासिन्दाले चासो नदिने र व्यावसायिक उत्पादन शुरू नगर्ने हो भने हामी आत्मनिर्भर बन्न सक्दैनौं,’ उनले भने, ‘यहाँ उत्पादन भएको तरकारी, फलफूल यहीँ खपत गर्ने र विदेश निर्यात गर्ने गरी तपाईंहरूले चासो दिनुहोस्, उपमहानगरपालिकाले के कसरी साथ दिनुपर्ने हो ? दिन्छ ।’
रोपाइँ कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे, प्रवक्ता शिव राना, वडा नम्बर १९ का अध्यक्ष चन्द्रसिंह थापा सहितका वडाध्यक्ष, सदस्यहरू सहभागी थिए ।
बिरामी बोक्ने एम्बुलेन्सबाट प्रतिबन्धित गाँजा बरामद भएको छ । सिरहा प्रहरीले को १ च ७५७७ नम्बरको एम्बुलेन्स चेकजाँच गर्दा ९० किलो गाँजा बरामद गरेको हो । प्रहरीले एम्बुलेन्स चालकलाई नियन्त्रणमा लिएको छ । ई...
मंगलवार बिहान देशका अधिकांश भू-भागमा आंशिक बदली रहेको छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।...
पोखरा महानगरपालिका–२४ स्थित धार्मिक एवं पर्यटकीयस्थल कास्कीकोटमा आगामी भदौ ४ गते श्रीकृष्ण जन्माष्टमीका अवसरमा दही जात्रा गरिने भएको छ । परम्परागत संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ विगत छ वर्षयता गुप्...
पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) को अध्यक्ष पदमा निलहरि बाँस्तोला विजयी भएका छन् । गएराति सम्पन्न टानको ४४औँ वार्षिक साधारणसभा एवं निर्वाचनबाट उनी ६१६ मतप्राप्त गरी...
नेपाली सेना र अमेरिकी सेनाबीच ३९औँ संस्करणको एक महिने एक्स–ब्यालेन्स नेल नामक संयुक्त तालिम मङ्गलबारदेखि शुरू हुँदैछ । नेपाली सेनाको सिंह महावीर योजना तथा समन्वय महाशाखाअन्तर्गत रहेका रेञ्जर ग...
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जुम्ला जिल्लामा एक हजार नौ सय २७ मात्र नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय जुम्लाले जनाएको छ । आयोगले असारबाट सुरु गरेको मतदात...
शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...