२४ जेठ २०८३, आइतबार

गल्ती सुधारे नेपालबाट धान निर्यात गर्ने अवस्थामा पुगिन्छ : अध्यक्ष ओली

गल्ती सुधारे नेपालबाट धान निर्यात गर्ने अवस्थामा पुगिन्छ : अध्यक्ष ओली
फाइल फोटो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कृषिमा सुधार गर्न नेपालले धान उत्पादन वृद्धि गरी निर्यात गर्नसक्ने अवस्थामा पुग्ने बताएका छन् ।

अखिल नेपाल किसान महासंघले १९औं धान दिवसका अवसरमा बुधवार भक्तपुरको सिरुटारमा आयोजना गरेको रोपाइँ महोत्सवमा उनले अहिले हामी आफैंले गर्दै आएको लापरबाही, असावधानीको अन्त्य गर्दै कृषिको आधुनिकीकरण, प्रविधिकरण र व्यावसायीकरण गर्नसके धान आयात नभई निर्यात गर्नसक्ने अवस्थामा पुग्ने बताए ।

नेपालका ६० प्रतिशत मानिस कृषि पेशामा रहेर पनि आयातको ठूलो हिस्सा कृषिजन्य सामग्री नै हुनु दुःखद् भएको भन्दै उनले जग्गा प्लटिङका कारण बस्ती र खेती गोलमाल भएको बताए । प्लटिङ सिस्टमका कारण जथाभावी बस्ती बसालिएको भन्दै उनले कहाँ बस्ती राख्ने, कहाँ खेती गर्ने, कहाँ उद्योग स्थापना गर्ने भन्ने नै गोलमाल भइराखेको बताए ।

नेपालको भूबनोट र हावापानी अनुसार नेपालमा धानबालीको लागि अति उपयुक्त देश भएको बताउँदै उनले धान, गहुँजस्ता अन्नबाली निर्यात गर्ने अवस्थालाई सुधार गर्न सकिने बताए ।

कार्यक्रममा उनले मशिनबाट धान रोपे । पत्नी राधिका शाक्यसँगै मशिनमा बसेर उनले खेतमा मशिन गुडाउँदै धान रोपाइँ गरेका छन् ।

कार्यक्रममा महासंघका अध्यक्ष डा. प्रेम दंगालले  नेपालमा बर्सेनि ४३ अर्ब रुपैयाँको धान र चामल आयात हुने गरेको बताउँदै १५ लाख हेक्टर जमिनमा धान रोपाइँ हँुदै आएकोमा ६५ लाख मेट्रिक टन धान नेपालले उत्पादन गर्न सके धानमा आत्मनिर्भर हुने बताए ।

कार्यक्रममा नेकपा एमालेका भक्तपुर जिल्ला अध्यक्ष वचन देउजाले असार १५ बितिसक्दा पनि सरकारले किसानलाई मल दिन नसक्दा धान उत्पादनमा ह्रास आउने बताए ।

salt training

कमेन्ट गर्नुहोस्