बुधवार बिहान देशभर सामान्य बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम विभागले जनाएको छ।
विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनी न्यून चापीय रेखा औसत भन्दा उत्तर तिर ( नेपालको दक्षिणी भू-भाग नजिक) रहेको छ।
बिहीवार दिउँसो तथा राति देशभर सामान्य बदली रहनेछ ।
देशका धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको समेत संभावना रहेको विभागको भनाइ छ।
विभागले प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेकोले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवन तथा यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भन्दै आगामी २४ घन्टासम्म सतर्कता अपनाउन आग्रह गरेको छ ।