
इटालियन क्लब इन्टर मिलानले रोमेलु लुकाकुलाई लोनमा अनुबन्ध गरेको छ ।
इन्टरले बेल्जियमका फरवार्ड लुकाकुलाई इंग्लिस क्लब चेल्सीबाट एक सिजनका लागि लोनमा अनुबन्ध गरेको हो ।
इन्टरले बुधबार राति २९ वर्षीय लुकाकुलाई अनुबन्ध गरिएको जनाएको छ ।
लुकाकु एक सिजनपछि लोनमा इन्टर फर्किएका हुन् ।
लुकाकु गत वर्ष इन्टरबाट क्लबको कीर्तिमानी ९७.५ मिलियन पाउण्डमा चेल्सीमा पुन: अनुबन्धित भएका थिए । लुकाकुले चेल्सीसँग पाँच वर्षको सम्झौता गरेका थिए ।