२७ जेठ २०८३, बुधबार

हलेसी तुवाचुङ पूर्ण खोप सुनिश्चित नगर

हलेसी तुवाचुङ पूर्ण खोप सुनिश्चित नगर

 हलेसी तुवाचुङ नगरपालिकालाई पूर्ण खोप सुनिश्चित नगर घोषणा गरिएको छ । पन्ध्र महिना उमेर पुगेका बालबालिकाले पाउनुपर्ने सबै खोप पाएपछि हलेसी तुवाचुङलाई पूर्ण खोप सुनिश्चित नगर घोषणा गरिएको हो । 

नगरपालिकाका ११ वडाकै स्वास्थ्यचौकी तथा सहरी स्वास्थ्यचौकीको तथ्याङ्कअनुसार नगरपालिकाभित्र जन्मिएर १५ महिना पुगेका ९६ प्रतिशत बालिबालिकाले बिसीजी एक मात्रा, डिपिटी–हेप बी–हिब तीन मात्रा, पोलियो तीन मात्रा, दादुरा–रुबेला दुवै मात्रालगायत १२ किसिमका खोप पाएको आधारमा पूर्ण खोप सुनिश्चित नगर घोषणा गरिएको नगर स्वास्थ्य शाखा संयोजक खेमराज आचार्यले जानकारी दिए । बाँकी चार प्रतिशत बालबालिका नगरपालिका बाहिर रहेपनि उनीहरुले पनि सबै खोप लगाइसकेको उनले बताए ।  

     विसं २०७८ वैशाखदेखि २०७९ वैशाखसम्म ५११ बालबालिका जन्मिएकामा ४९१ बालिबालिकाले विभिन्न वडाको स्वास्थ्यचौकीबाट तथा बाँकी २० बालबालिकाले नगरपालिकाभन्दा बाहिरका स्वास्थ्यचौकीबाट १५ महिनासम्ममा लगाउनुपर्ने सम्पूर्ण खोप लगाइसकेको आचार्यले बताए । 

salt training

कमेन्ट गर्नुहोस्