१२ साउन २०८३, मंगलबार

कञ्चनपुरमा घर भत्किँदा एक बालिकाको मृत्यु, २ जना घाइते

कञ्चनपुरमा घर भत्किँदा एक बालिकाको मृत्यु, २ जना घाइते
सांकेतिक तस्वीर

कञ्चनपुरमा घर भत्किँदा एक बालिकाको मृत्यु भएको छ । घटनामा परी दुईजना घाइते भएका छन् । बेदकोट नगरपालिका–५ पोखरीमा बुधवार घर भत्किँदा चार महिने बालिका करिश्मा खुनाको ज्यान गएको हो । 

बेदकोट–४ धरमपुरकी पार्वती खुना छोरी करिश्मालाई लिएर स्थानीय प्रेम साउदको खेतमा काम गर्न गएकी थिइन् ।

त्यहाँ घरमा पार्वतीले करिश्मा र ११ वर्षीय छोरा अर्जुनलाई छोडेर रोपाइ गर्न गएकी थिइन् । पानी परेपछि घर भत्किँदा च्यापिएर करिश्माको मृत्यु भएको प्रहरी निरीक्षक लालबहादुर बमले जानकारी दिए । 

घटनामा परेर सोही वडाका ४० वर्षीय मान्टे थारु र अर्जुन घाइते भएका छन् । दुवै जनाको महाकाली अस्पतालमा उपचार भइरहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्