२३ जेठ २०८३, शनिबार

रातभर डाइभर्सन बनाएपछि दुईतर्फी सञ्चालनमा बुटवल–नारायणगढ सडक

रातभर डाइभर्सन बनाएपछि दुईतर्फी सञ्चालनमा बुटवल–नारायणगढ सडक
फाइल तस्‍वीर

बाढीले सडकको डाइभर्सन बगाउँदा बुधबार बिहानैदेखि अवरुद्ध बुटवल–नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ । 

पूर्वपश्चिम राजमार्गको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को डाइभर्सन बगाएको स्थानमा नयाँ डाइभर्सन निर्माण गरेपछि उक्त सडकखण्डमा पुनः यातायात सञ्चालनमा आएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रज्ज्वल महर्जनका अनुसार आज बिहान ५ बजेदेखि सडक पूर्णरुपमा सञ्चालनमा आएको छ । 

“रातभरि डाइभर्सन निर्माणको काम गर्‍यौँ”, उहाँले भन्नुभयो, “बिहान ३ बजेदेखि एकतर्फी र अहिले दुईतर्फी नै यातायात सञ्चालनमा आएको छ ।” मङ्गलबार दिउँसोदेखि परेको अविरल वर्षाका कारण नवलपुर खण्डको विनयी त्रिवेणी गाउँपालिका र मध्यबिन्दु नगरपालिकाको विभिन्न स्थानमा निर्माण गरिएको डाइभर्सन बाढीले बगाएको थियो । 

    डाइभर्सन निर्माण भएपछि सडकमा रोकिएका सवारी साधन गन्तव्यतर्फ जान शुरू गरेका छन् ।  रासस

salt training

कमेन्ट गर्नुहोस्