×

NMB BANK
NIC ASIA

बेनी नगरपालिकाका सबै वडामा भवन निर्माण

असार १८, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

म्याग्दीको बेनी नगरपालिकाको सबै वडा कार्यालयको आफ्नै भवन निर्माण भएको छ ।

Muktinath Bank

४ वटा नयाँ भवन निर्माण भएसँगै बेनी नगरपालिकाका १० वटै वडाको आफ्नै भवन बनेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बेनीमा वडा नम्बर ७ र ८, अर्थुङ्गेमा ६ तथा पात्लेखेतमा १० नम्बर वडाको कार्यालय भवन निर्माण गरिएको नगरपालिकाका इञ्जिनीयर विमलरञ्जन कार्कीले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

‘बेनी नगरपालिकाको १, २, ३, ४, ५ र ९ नम्बर वडाको यसअघि नै भवन थिए,’ उनले भने, ‘बहुवर्षे क्रमागत योजनाअन्तर्गत ४ वटा नयाँ भवन निर्माण चालू आर्थिक वर्षमा सकिएका हुन् ।’

Vianet communication
Laxmi Bank

आर्थिक वर्ष २०७६/७७ मा अर्थुङ्गेमा शुरू भएको वडा नम्बर ६ को भवन निर्माण कार्य चालू आर्थिक वर्ष २०७८/७९ मा विनियोजन भएको २० लाख रुपैयाँ बजेटबाट ठेक्कामार्फत पूर्णता दिइएको हो । 

पात्लेखेत र वाखेत गाउँको सिमानामा २० लाख रुपैयाँ खर्चेर गत वर्ष निर्माण भएको १० नम्बर वडाको ३ कोठे एकतले भवनमा चालू वर्ष विनियोजन भएको ९ लाख रुपैयाँ बजेटबाट सभाहल बनाएको वडाध्यक्ष मसविर रोकाले बताए ।

बेनीको सामुदायिक चोकमा अघिल्ला २ आवमा तयार पारिएको वडा नम्बर ७ को भवनको संरचनालाई चालू आवमा विनियोजन भएको ८ लाख रुपैयाँ बजेटबाट ठेक्कामार्फत प्लास्टर, रङरोगन, विद्युत्, पानी जडान गरेर पूर्णता दिइएको हो । 

नगरपालिकाले क्याम्पसचोकको भलबाढी व्यवस्थापनका लागि अधिग्रहण गरेको जग्गामा रहेको घरलाई पुनर्निर्माण गरेर ८ नम्बर वडाको कार्यालय सञ्चालन गरिएको छ । नगरपालिकाले गत वर्ष क्याम्पस चोकको भलबाढी ब्यवस्थापन गर्न १ करोड २१ लाखमा ४ आना जग्गा र त्यहाँ रहेको घर अधिग्रहण गरेको थियो । 

क्याम्पस चोकका वासिन्दाले २१ लाख रुपैयाँ संकलन गरेर नगरपालिकालाई उपलब्ध गराएका थिए । अधिग्रहण भएको घरको भुइँतलामुनि भूमिगत नाला बनाएर बाढी व्यवस्थापन गरिएको छ । भुइँतलाको सटरसहित ३ वटा कोठा भाडामा लगाइएको छ । 

पहिलो तलाको ३ वटा कोठामा वडा कार्यालय स्थापना गरिएको हो । भवन पुनर्निर्माण गरेर कार्यालय स्थापना गर्न चालू आवमा १० लाख रुपैयाँ खर्च भएको छ । नयाँ भवन निर्माण भएपछि सेवा प्रवाह, कार्यालय सञ्चालन, भेला, बैठक आयोजना गर्न सहज भएको बेनपा–७ का वडाध्यक्ष रमेशकुमार श्रेष्ठले बताए । 

वडा नम्बर ६ बाहेकको अन्य सबै भवन प्रयोगमा आइसकेका छन् । गत वर्ष नगरपालिकाको भवन परिसरमा विषयगत शाखा कार्यालयका लागि नयाँ प्रशासकीय भवन निर्माण भएको थियो ।

प्रशासकीय भवनमा आगामी आवमा तला थप गर्न बजेट व्यवस्थापन गरिएको नगर उपप्रमुख ज्योति लामिछाने पौडेलले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x