×

NMB BANK
NIC ASIA

फुट्यो माओवादी निकट अखिल क्रान्तिकारी, कार्कीको नेतृत्वमा समानान्तर कमिटी

असार १८, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

आन्तरिक कलह चर्किंदै गएपछि नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) फुटेको छ । 

Muktinath Bank

अनेरास्ववियू (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंहले एकलौटी गरेको र विधान विपरीत संगठनमा केन्द्रीय सदस्य थपेको लगायत विवाद चर्किंदै गएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अध्यक्ष पञ्चा सिंहको कार्यशैलीसँग असन्तुष्ट हुँदै आएको पक्षले उपाध्यक्ष पवन कार्कीको नेतृत्वमा समानान्तर समिति घोषणा गरेको छ । 


Advertisment
Nabil box
Kumari

उनीहरूले १९९ सदस्यीय आयोजक समिति निर्माण गरेका छन् । आयोजक समितिले संगठनमा विधान बमोजिम काम गर्ने र आगामी सम्मेलनको तयारी गर्ने बताइएको छ ।

Vianet communication
Laxmi Bank

अनेरास्ववियू (क्रान्तिकारी) को अधिवेशनको बेलादेखि नै संगठनमा एकमत थिएन । गत मंसिरमा भएको अधिवेशनमा सर्वसम्मत अध्यक्ष चयन हुन नसकेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पञ्चा सिंहलाई अध्यक्षको जिम्मेवारी तोकिदिएका थिए । 

नेतृत्वले टिपेर सिंहलाई अध्यक्ष बनाएको भनेर संगठनभित्र असन्तुष्टि थियो । पदाधिकारी घोषणा र शपथ ग्रहणका लागि बबरमहलको कार्की ब्याङ्क्वेटमा बोलाइएको भेलामा झपड समेत भएको थियो ।

त्यति मात्रै होइन, केही समयअघि काठमाडौंको तीनकुनेस्थित रोयल ब्याङ्क्वेटमा बोलाइएको केन्द्रीय कमिटीको तेस्रो विस्तारित बैठकमा पनि झडप भएको थियो ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रमुख अतिथिको रूपमा बोलाइएको भए पनि झडपको संकेत पाएपछि प्रचण्ड बैठकमा गएका थिएनन् ।

तेस्रो बैठकले केन्द्रीय सदस्य थप्ने निर्णय गरेको थियो । विधानको व्यवस्था विपरीत केन्द्रीय सदस्य थपेको भनेर अनेरास्ववियू क्रान्तिकारीमा विवाद झन् चर्किएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x