
बाघको आक्रमणबाट चितवनकी एक महिला गम्भीर घाइते भएकी छन् । पूर्वी चितवनको खैरहनी नगरपालिका–१३ कुमरोज मध्यवर्ती सामुदायिक वनमा शनिवार बिहान घाँस काट्न गएकी ३८ वर्षीया बालिका गुरुङलाई बाघले आक्रमण गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते गुरुङको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । त्यस क्षेत्रमा बाघको आतंक बढेको भन्दै स्थानीयले सुरक्षाको प्रबन्ध गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आएका छन् ।