२६ जेठ २०८३, मंगलबार

नेकपा एसको प्रश्न- बागमतीको मुख्यमन्त्री छाड्दा अन्त कहाँको नेतृत्व पाउने ?

नेकपा एसको प्रश्न- बागमतीको मुख्यमन्त्री छाड्दा अन्त कहाँको नेतृत्व पाउने ?

बागमती प्रदेशको मुख्यमन्त्रीको राजीनामा विषय केन्द्रीय गठबन्धनले टुंगो लगाउनुपर्ने एकीकृत समाजवादीले निष्कर्ष निकालेको छ । 

शनिवार दिउँसो एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको बागमती प्रदेश संसदीय दलको बैठकले केन्द्रीय गठबन्धनमा सहमति भएर प्रदेश सरकार बनेको र एकीकृत समाजवादीले बागमती प्रदेशको नेतृत्व छाड्दा अन्त कहाँको नेतृत्व पाउने भन्ने प्रश्न गरेको छ । 

शनिवारको बैठकमा भएको छलफलबारे जानकारी गराउँदै प्रदेश सभा संसदीय दलका उपनेता कृष्ण खनालले भने, ‘तलको हल्लाले केही तुक राख्दैन । त्यसको अर्थ छैन । सबै प्रदेश सरकार केन्द्रीय गठबन्धनबाट बनेका हुन् । केन्द्रीय गठबन्धनले जे निर्णय गर्छ सोहीअनुसार हुन्छ ।’

बागमती प्रदेशको मुख्यमन्त्री बन्ने बेलामा कांग्रेससँग ६ महिनापछि नेतृत्व हस्तान्तरण गर्ने सहमति भएको भन्दै कांग्रेसले मुख्यमन्त्री पाण्डेले राजीनामा दिनुपर्ने बताउँदै आएको छ । 

तर, खनालले भने अहिले मुख्यमन्त्री राजेन्द्र पाण्डेले राजीनामा दिने कुरा नभएको बताए । 

‘अहिले मुख्यमन्त्रीले राजीनामा दिने प्रश्न उठ्दैन । गठबन्धनले जिम्मेवारी फेरबदल गर्ने निर्णय गर्‍यो भने उहाँले राजीनामा दिनुहुन्छ । गठबन्धनमा रहेका दलहरूले सामान्यता दुई प्रदेशको नेतृत्व गरेको, जसपाको एउटामा मात्रै नेतृत्व रहेको अवस्था छ । हामीले बागमती छाड्दा अन्यत्र कहाँ पाउने ? अर्कोले राजीनामा दिँदा उसलाई कहाँ नेतृत्व दिने त ?,’ खनालले भने । 

केन्द्रीय गठबन्धनले अब यसरी जाउँ भनेर सहमति बनाएको अवस्थामा सहज ढंगले राजीनामा हुन सक्ने नभए अहिले बागमती प्रदेशको मुख्यमन्त्रीले राजीनामा नदिने खनालले बताए । 

salt training

कमेन्ट गर्नुहोस्