
नेकपा (माओवादी केन्द्र) पथरीशनिश्चरेले नगर प्रमुख पदका उम्मेदवार दिनानाथ तिम्सिनालाई कारबाहीका लागि सिफारिस गरेको छ ।
उम्मेदवार तिम्सिनाले पार्टीप्रतिको गैरजिम्मेवारी र गद्दारीका कारण चुनाव हार्नुपरेको निष्कर्ष निकाल्दै कारबाहीको सिफारिस गरेको हो ।
तिम्सिना गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा तीन दलको साझा उमेद्वारको रुपमा थिए ।
नेकपा एकीकृत समाजवादी (एस), जनता समाजवादी पार्टी (जसपा)र माओवादीको साझा उम्मेद्वार दिनानाथ तिम्सिनाले २०७४ सालमा माओवादीले एक्लै उठ्दा ल्याएको मतको आधाभन्दा अझै कम मत मात्रै पाएका थिए ।
२०७४ को निर्वाचनमा माओवादी एक्लै निर्वाचन लड्दा मेयरका उम्मेदवार जहरमान लिम्बूले ६ हजार ७८६ मत ल्याएका थिए । तर, गठबन्धन हुदाँ पनि तिम्सिनाले भने आधाभन्दा कम मत ल्याएका थिए । तिम्सिनाले ३ हजार २७६ मत मात्रै ल्याएका थिए ।
माओवादीका उम्मेदवार तिम्सिनाले २०७४ को निर्वाचनमा माओवादीले पाएको भन्दा ३ हजार ५१० मतले कम भोट पाएका थिए ।