२८ जेठ २०८३, बिहीबार

भरतपुर महानगरपालिका सबै क्षेत्रलाई साथमा लिएर अगाडि बढ्छ : मेयर दाहाल

भरतपुर महानगरपालिका सबै क्षेत्रलाई साथमा लिएर अगाडि बढ्छ : मेयर दाहाल

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर महानगरपालिका सबै क्षेत्रलाई साथमा लिएर अगाडि बढ्ने बताएकी छन्। नेपाल मगर संघ जिल्ला समन्वय समिति चितवनले भरतपुर गरेको नवनिर्मित ट्रस उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर दाहालले विगत ५ वर्षमा पनि सबै क्षेत्रलाई साथमा लिएर अगाडि बढेको स्मरण गरिन् ।

मेयर दाहालले विगतमा राज्यद्वारा गरिएका थिचोमिचो, विभेद अन्य गर्न व्यवस्था परिवर्तनको लडाईमा होमिएकाले यसको मर्म अनुसार सबैलाई समान दृष्टिकोण राख्नुपर्ने उल्लेख गरिन् ।
‘पहिचानको अधिकारका लागि लडेर आएका हौ,उनले भनिन्,‘संर्घषको फलस्वरुप व्यवस्था परिवर्तन भएको छ । अहिले राज्यको महत्वपूर्ण ठाँउमा सबै क्षेत्र, धर्म, वर्ग, समुदायको प्रतिनिधित्व भएको छ ।’

मेयर दाहालले मगर समुदाय लगायत सबै समुदायको अधिकारका लागि महानगरपालिकाको अभिभावक भएको नाताले सधै साथमा रहने प्रतिवद्धता पनि व्यक्त गरिन् । 

salt training

कमेन्ट गर्नुहोस्