२५ जेठ २०८३, सोमबार

घुम्ती पसल फोडेर बदामजुस चोर्दै गर्दा पुलिस आएपछि...

घुम्ती पसल फोडेर बदामजुस चोर्दै गर्दा पुलिस आएपछि...

सर्लाहीमा घुम्ती किराना पसल चोरी गरिरहेको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

कबिलासी नगरपालिका-१० चमेलीमाई बस्ने २४ वर्षीय सुजित पंडितको घुम्ती किराना पसलमा चोरी गर्दै गरेको अवस्थामा उनीहरूलाई शुक्रवार राति प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका-९ सलेम्पुर बस्ने २५ वर्षीय राकेश राय र सोही ठाउँ बस्ने २६ वर्षीय सुजित राय रहेका छन् । उनीहरुले रडले घुम्ती पसल फोडी पसलभित्र रहेको रेडबुल, ड्यू, बदामजुस, फुर्टीलगायतका सामान चोरी गर्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्