०५ साउन २०८३, मंगलबार

रेस्लिङमा नुवाकोटे टाइगर बने च्याम्पियन

रेस्लिङमा नुवाकोटे टाइगर बने च्याम्पियन

नुवाकोटे टाइगर चौथो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगितामा शनिबार शनिबार च्याम्पियन बनेका छन् । प्रतियोगिताको मुख्य स्पर्धा मानिने हेभिवेट भिडन्तमा नुवोकोटेले डेविडलाई पराजित गर्दै राष्ट्रिय प्रतियोगितामा पहिलोपटक च्याम्पियन बनेका हुन् । अघिल्ला तीन संस्करणमा डेविड, साइन र चट्टान विजेता बनेका थिए । उपाधिसंगै नुवाकोटेले १ लाख २५ हजार नगद पुरस्कार पाए ।

झापाको केरखास्थित शहिद धर्मभक्त माविमा उल्लेख्य दर्शकको उपस्थितिमा भएको प्रतियोगिताको डरलाग्दो भिडन्त मानिने हार्डकोरमा भने डेविडले सफलता पाए । डेविडले उसु पृष्ठभूमिका खेलाडी चट्टानलाई हराए । यो स्पर्धामा प्रतिद्वन्द्वीलाई प्रहार गर्न फलामको कुर्सी, बैशाखी र लाठी समेत प्रयोग गरिएको थियो । डेविडले १ लाख नगद पुरस्कार जिते । ७१ औं मदन जयन्तीका अवसरमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीअन्तर्गत केन्द्रीय रेस्लिङ विभागद्वारा आयोजित प्रतियोगिताको ट्याग टिममा टुपी ग्याङले स्पाइडरम्यान्सलाई पाखा लगाउदै ७५ हजार नगद पुरस्कार हात पारे ।

मिडिल वेटमा साइनले बाकामाथि जित निकाल्दै ९५ हजार नगद पुरस्कार जिते । महिलामा आकृतिले तनुलाई पाखा लगाउदै सफलता हात पारिन् । तनुले ७० हजार नगद पुरस्कार जितिन् । लाइट वेटमा सुजल रिलामीले सीजे वल्र्डलाई पाखा लगाए । सुजलले ६० हजार नगद पुरस्कार पाए ।
 

कमेन्ट गर्नुहोस्