×

X
Nic Asia
Marvel
Khukuri

त्रिशूली नदीले आमाछोरालाई बगायो

नुवाकोट | असार १८, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

नुवाकोटको विदुर नगरपालिका–३ का सङ्गीता श्रेष्ठ र उनको छोरालाई आज अपराह्न त्रिशूली नदीले बगाएर बेपत्ता बनाएको छ । सात वर्षका छोरा युनिक श्रेष्ठलाई नदीले बगाएपछि बचाउने क्रममा उनकी आमा २८ वर्षीया सङ्गीतालाई पनि नदीले बगाएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रमुख रामप्रकाश शाहले जानकारी दिए। उनका अनुसार वडा नं ३ मैरिटारमा निवासी उनीहरू घर नजिकै ढोडेनीमा रहेको खेतमा काम गर्न गएका थिए । 

DHARA
LAxmi BAnk

खेतको काम सकेर घर फर्कनुअघि हातगोडा धुन लागेका युनिकलाई त्रिशूली नदीले बगाएपछि बचाउन नदी पसेको आमालाई समेत बगाएको स्थानीयवासीले प्रहरीलाई बताएका छन् । नदीमा पानीको बहाव ठूलो र पानीसमेत धमिलो भएकाले खोजतलासमा कठिनाइ भएको प्रहरीले जनाएको छ ।
 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

Advertisment
Bizbazar
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज २०, २०७९

कञ्चनपुरको महेन्द्रनगरमा बिहीवार साँझ बससित मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । महेन्द्रनगरस्थित बसपार्कबाट राजमार्गमा निस्किरहेको सु प्र प्र ०२–००१ ख् ११६१ नम्बरको बसलाई ठक्कर दिँदा भीमद...

असोज २०, २०७९

बडादशैंको मुख्य दिन लागेपछि धारामा पानी नपाएर काठमाडौं उपत्यकामा सबैभन्दा बढी पानी निर्यात गर्ने सुन्दरीजलवासी नै हैरान भएका छन् । महाअष्टमीदेखि नै धारामा पानी नआएर मुख्य दशैंका दिनमै दुःख पाएको स्थानीय उ...

असोज २०, २०७९

म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा यस वर्ष असोजमा नै हिमपात भएको छ । विगतका वर्षमा पुसको अन्तिम सातादेखि हिमपात हुने गुर्जामा यस वर्ष असोजमा नै हिमपात भएपछि स्थानीयवासी चिन्तित भएका छन् ।  ...

असोज २०, २०७९

पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका–२२ अमलेखगञ्जस्थित खण्डमा आज बिहान १०:३० बजे भएको यात्रुवाहक बस दुर्घटनामा परी ज्यान गुमाएका १२ जनाको सनाखत भएको छ ।   दु...

असोज २०, २०७९

तीन दिनदेखि अविरल परेको पानीले बबई नदीमा आएको बाढीले हुलाकी सडकअन्तर्गत गुलरिया–नेपालगञ्ज–११ को इन्द्रपुरमा बाढी पसेर सडक डुबान हुँदा आवतजावत गर्न कठिनाइ भएको छ । पूर्वबाट पश्चिम आवतजावत गर्न...

असोज २०, २०७९

उत्तरी गोरखामा हिमपात शुरू भएको छ । लगातारको वर्षाले चिसो बढेसँगै चुमनुब्री गाउँपालिकाको सामागाउँ लगायतका क्षेत्रमा हिमपात शुरू भएको हो । असोज महिनाको तेस्रो हप्ता शुरू भएसँगै यो वर्ष पहिलो पटक उत्तरी गो...

कता हरायो दशैं ?

कता हरायो दशैं ?

असोज १८, २०७९

दशैं नेपाली समाजको पोयो हो । दशैंलाई धार्मिक, आर्थिक र अरू धेरै आयामबाट हेरिए पनि यसको सामाजिक–सांस्कृतिक आयाम चाहिँ फराकिलो छ । सामाजिक सहभाव, सम्बन्ध सौहार्द्धताका कारण दशैं नेपालीको जीवनसंस्कृति ब...

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

असोज १८, २०७९

सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । राप्रपा विभाजन गरेर बनेको जनशक्ति पार्टीको कार्यालय कमलपोखरीमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । ठ्याक्कै मिति यकिन नभएपनि २०६१ सालको शुरूतिर हुनुपर्छ । म भर्खर पत्रकारिताम...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

ad
x