
आन्तरिक उडानका लागि भारतको राजधानी नयाँ दिल्लीबाट जबालपुरका लागि छुटेको केही छिनमा विमानभित्र धुवाँ भरिएपछि भारतीय स्पाइजेटको विमानलाई नयाँ दिल्लीमा आकस्मिक अवतरण गराइएको छ ।
विमानमा रहेका सबै यात्रुहरूलाई विमानबाट सकुशल उद्धार गरिएको छ ।
शनिबार विमानले पाँच हजार फिटमाथि उडिरहेका समय विमानको केविनमा धुँवा भरिएको चालकदलका सदस्यलाई थाहा भएको र विमानलाई आकस्मिक अवतरण गरिएको विमान कम्पनीले ट्वीटरमार्फत जानकारी गराएको छ । केविनमा धुँवा भरिएको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।
यसै बर्षको जुनमा पनि भारतको पटनाबाट नयाँ दिल्लीका लागि १८५ यात्रुसहित उडेको स्पाइस जेटको विमानको इन्जिनमा आगलागी भएपछि आकस्मिक अवतरण गराई यात्रुहरूलाई सुरक्षित विमानबाट निकालिएको थियो ।