
श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्री मन्त्री शेरबहादुर कुँवरले युवा जनशक्तिलाई देशमै रोजगारी सिर्जना गरि विकास निर्माणमा परिचालन गर्न पहल गर्ने बताएका छन् ।
शनिवार अछाम टिकाथली समाज सेवाले काठमाडौंमा आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री कुँवरले युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्न पहल गर्ने बताएका हुन् ।
देशको युवा जनशक्ति विदेश पलाएन हुने क्रम नरोकिएको प्रति चिन्ता व्यक्ति गर्दै मन्त्री कुँवरले आफ्नो कार्यकालमा यसलाई न्यूनिकरण गर्न तर्फ भरपुर कोसिस गर्ने बताए ।
जोश जाँगर र देशलाई आवश्यक पर्ने जनशक्ति देशमै परिचालन गर्न पहल गर्न सम्बन्धित पक्षले ध्यान दिनु पर्ने उनले कार्यक्रममा बताएका छन् ।
अछामबाट प्रतिनिधित्व गर्दै श्रम मन्त्री बन्न सफल कुँवरले आफुले सम्हालेको जिम्मवारी पूरा गर्नका लागि सबैलाई आ आफ्नो क्षेत्रबाट सहयोग गर्न अपिल पनि गरेका छन् ।