
सभामुख अग्निप्रसाद सापकोटा अजरबैजानबाट आज स्वदेश फर्कंदै छन् ।
अजरबैजानको राजधानी बाकुमा सम्पन्न ‘असंलग्न आन्दोलनको संसदीय सञ्जाल’को सम्मेलनमा सहभागी भएर सभामुख सापकोटा नेतृत्वको नेपाली संसदीय प्रतिनिधि मण्डल आज स्वदेश फर्किन लागेको हो ।
सभामुख सापकोटा नेतृत्वको प्रतिनिधि मण्डल आइतबार साँझ ७ः१५ मा नेपाल आइपुग्ने समय तालिका रहेको सभामुखको सचिवालयले जनाएको छ ।
सभामुख सापकोटासहितको टोली यही असार १४ गते बाकु प्रस्थान गरेको थियो । सभामुख सापकोटाले असार १६ गते सम्मेलनलाई सम्बोधन गरेका थिए ।