
सिभिल बैंक लिमिटेडले पोखराको लेकसाईडमा नयाँ एटीएम संचालनमा ल्याएको छ ।
उक्त एटीएमको उद्घाटन बैंकका अध्यक्ष प्रताप जङ्ग पाण्डेले गरे ।
एटीएम सेवा उद्घाटन समारोहमा बैंकका संचालक समितिका सदस्यहरू अम्वीर बोगटी, भिमानन्द ढुंगाना, प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेल, बैंकका चिफ विजिनेस डिपोजिट तथा ट्रान्जेक्सन बैंकिङ भोलाबहादुर विष्ट, गण्डकी प्रदेशका प्रमुख समीर केसी लगायतको उपस्थिति रहेको थियो ।
हालसम्म ९२ अर्ब रुपैयाँभन्दा बढी निक्षेप परिचालन गरी करीब ८८ अर्ब रुपैयाँ कर्जा लगानी गरिसकेको सिभिल बैंकको यस एटीएमसहित संख्या ९९ पुगेको जनाएको छ ।