२९ जेठ २०८३, शुक्रबार

दोलखामा ठोक्किए २ यात्रुवाहक बस, २१ जना घाइते

दोलखामा ठोक्किए २ यात्रुवाहक बस, २१ जना घाइते
तस्वीरः सामाजिक सञ्जाल

दोलखामा आइतवार दुई यात्रुवाहक बस एकापसमा ठोक्किँदा २१ जना घाइते भएका छन् । 

चरिकोटबाट काठमाडौं जाँदै गरेको र काठमाडौंबाट चरिकोट जाँदै गरेको बस साढे १२ बजे भीमेश्वर नगरपालिकाको बोझघण्टी भन्ने ठाउँमा ठोक्किएका हुन् । 

घाइतेमध्ये काठमाडौंबाट चरिकोट जाँदै गरेको बसका चालक गम्भीर रहेको दोलखा प्रहरीले जनाएको छ । बा ३ ख ७४६३ नम्बरको यात्रुवाहक बस काठमाडौं जाँदै थियो भने प्रदेश ३, ००५ ख ९६९७ नम्बरको बस चरिकोटतर्फ जाँदै गरेको प्रहरीले जनाएको छ । 

दोखला प्रहरी प्रमुख डीएसपी गंगा पौडेलले हुस्सुका कारण दुईवटा गाडी ठोक्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी दिए । 

घाइतेहरूलाई स्थानीय अस्पतालमा उपचारका लागि पठाइएको उनले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्