
आइतवारदेखि काठमाडौंमा शुरु भएको नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा पदाधिकारी चयनको लिखित प्रस्ताव पेश भएको छ । बैठकमा स्थायी कमिटी, पोलिटव्युरो र पदाधिकारी चयनको लिखित प्रस्ताव पेश भएको हो ।
प्रदेश अध्यक्षहरूले रिपोर्टिङको क्रममा स्थायी कमिटी, पोलिटव्यूरो र पदाधिकारी चयनको प्रस्ताव माग गरेपछि बैठकमा उक्त प्रस्ताव प्रस्तुत भएको केन्द्रीय सदस्य सुरेन्द्र बस्नेतले जानकारी दिएका छन् ।
कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी बैठकलाई चासोपूर्वक हेरिएको छ । बैठक यसअघि पटक–पटक स्थगित हुँदै आएको थियो ।
माओवादी केन्द्रका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले बैठकमा संगठनसम्बन्धी प्रस्तावमा छलफल हुने बताएका छन् । त्यसबाहेक स्थानीय तह चुनावको समीक्षा, आगामी चुनावी रणनीति र माओवादी घटकहरूबीचको एकताको विषयमा पनि माओवादी केन्द्रको बैठकमा छलफल हुने बताइएको छ ।