०५ साउन २०८३, मंगलबार

परराष्ट्र मन्त्रालयले भन्यो- प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण अपेक्षित

परराष्ट्र मन्त्रालयले भन्यो- प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण अपेक्षित

प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण अपेक्षित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

आइतवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणबारे कुरा चलिराखेको बताएकी हुन् । 

‘अपेक्षित छ यो भ्रमण, सबै कुरा तयारी पुगेपछि तिथिमितिको घोषणा गर्ने एउटा प्रक्रिया छ,’ उनले भनिन्, ‘उपयुक्त समयमा यसको जानकारी दिनेछौं । माननीय परराष्ट्रमन्त्रीज्यूको चीन भ्रमण पनि उपयुक्त समयमा हुनेछ ।’
 

salt training

कमेन्ट गर्नुहोस्