२३ जेठ २०८३, शनिबार

दाहुवाका सीसीटीभी नेपाली बजारमा

दाहुवाका सीसीटीभी नेपाली बजारमा

नेपाली बजारमा दाहुवाको अधिकारिक आयातकर्ता तथा बिक्रेता कम्पनी बिध म्यानेजमेन्टले नयाँ मोडल तथा अत्याधुनिक सीसीटीभीहरू आयात गरेको छ ।

कम्पनीले घर, अफिस, टोल—बस्ती, स्कुल कलेज, सपिङ मल, हाउजिङ, अपार्टमेन्ट तथा हाइवेका लागि उपयुक्त हुने किसिमका अत्याधुनिक क्यामराहरू उपलब्ध गराउँछ । 

नेपाली ग्राहकहरुको माग र रोजाइको आधारमा आयात गरिएका दाहुवाका उक्त क्यामरा उपयुक्त मात्रामा स्टकमा रहेको कम्पनीले जनाएको छ । 

‘हाल आयात गरिएका सीसीटीभीहरूमा अहिले बजारमा उपलब्ध भइरहेका भन्दा आधुनिक सेडुयल एआई टेक्नोलोजीमा आधारित, स्मार्ट मोसन डिटेक्सन प्लस, फेस डिटेक्सन/रिक्कनाइजेसन, पेरिमिटर डिटेक्सन गर्ने, नाइट कलर फ्युजन टेक्नोजोलीसहित आवाज रेकडिङ गर्न सक्ने विशेष सुविधाहरू रहेको छ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

यस्तै कम्पनीले ‘मानिस तथा सवारी साधनको आवतजावत तथा चहलपहल मात्र रेकडिङ गर्ने फोर के रियल टाइम फिचर भएको, हाइवेहरुमा उपयुक्त हुने पीटीजेडलगायतका अटो नम्बर प्लेट डिटेक्सन, यातायातका साधनका मोडल र रंग पत्ता लगाउने भेइकल मेटा डाटा, मानिसहरुले मास्क लगाए पनि अनुहार पत्ता लगाउने ह्युमन मेटा डाटा, तापक्रम पत्ता लगाउन सक्ने थर्मल क्यामराहरु आयात गरिएको,’ दाबी गरेको छ ।

 

salt training

कमेन्ट गर्नुहोस्