भदौ २, २०७९
एक व्यक्तिलाई अपहरण गरेर ७ लाख फिरौती माग्ने ६ जनालाई दाङ प्रहरीले पक्राउ गरेको छ । काठमाडौंबाट दैलेख जाँदै गरेका केशवकुमार विकलाई फेसबुकमा चिजान भएकी निर्मला भन्ने महिलाले बुटवलमा झर्न भनेर अपहरण गरेको अभ...
सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रेस काउन्सिल नेपालको संयोजनमा निर्माण हुन लागेको प्रेस संग्रहालय चाँडै अघि बढाउनुपर्नेमा नेपाल सरकार सकरात्मक रहेको बताएका छन् ।
वर्षौंदेखि प्रचलनमा रहेका विभिन्न खालका छापाखाना मेसिन, छापामा प्रयोग हुने अन्य सामाग्रीसहितको संग्रहालयका लागि काउन्सिलले तयारी गरिरहेको छ । आइतबार सञ्चारग्रामस्थित काउन्सिल अवलोकन गर्ने क्रममा सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले ऐतिहासिक महत्व राख्ने यो काम सम्पन्न गर्नका लागि सरकारले आवश्यक सहयोग गर्ने बताए ।
संग्राहलय र काउन्सिलभित्र रहेका अनलाइन, रेडियो, प्रिन्ट र छापा माध्यम अनुगमन संयन्त्रबारे अवलोकनपछि बोल्दै उनले सेवा, सुविधा बढेसङ्गै काउन्सिलको प्रभावकारिता बढ्दै जानुपर्ने सुझाव समेत राखे । काउन्सिललाई उदाहरणीय संस्था बनाई नेपाली प्रेसको अनुगमन र नियमनलाई प्रभावकारी बनाउनुपर्ने सुझाव उनको थियो ।
त्यसक्रममा प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले स्वस्थ, मर्यादित, सन्तुलित र जिम्मेवार पत्रकारिता विकासका लागि नयाँ नयाँ कामको थालनी काउन्सिलबाट भइरहेको जानकारी दिए ।
काउन्सिलले २४ सै घण्टा आर्काइभमार्फत रेकर्ड गर्दै आएको (रेडियो, टेलिभिजन, अनलाइन) अभिलेख प्रणाली, अनुगमन कक्ष, प्रेस सङ्ग्राहलयबारे जानकारी दिए । उनले मिल्दादुल्दा नामका अनलाइनलाई सुचीकरण नगर्ने, अनलाइन दर्ता अघि अनिवार्य अभिमुखीकरण कक्षामा बस्नुपर्ने, आचारसंहिता उलङ्घन गर्नेलाई आचारसंहिताको कक्षा दिइने गरेको, आचारसंहितालाई विभिन्न भाषामा अनुवाद गरिएको लगायतका कामहरू भएको जानकारी दिए ।
प्रेस काउन्सिल कर्मचारी विनियमावली र प्रेस काउन्सिल आर्थिक प्रशासन विनियमावली तत्काल संशोधन गर्नुपर्ने, प्रेस काउन्सिल ऐन २०४८ मा उल्लेख भएका कतिपय प्रावधान संसोधनका लागि बस्नेतले सरकारको ध्यानाकर्षण समेत गराएका थिए ।
सो क्रममा मन्त्री कार्कीलाई अध्यक्ष बालकृष्ण बस्नेत, काउन्सिल सदस्य एवं पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, अर्का सदस्य दुर्गा भण्डारी, मुख्य अधिकृत झबिन्द्र भुसाल, वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालसहित कर्मचारीहरूले पुष्पगुच्छाले स्वागत गरेका थिए।
एक व्यक्तिलाई अपहरण गरेर ७ लाख फिरौती माग्ने ६ जनालाई दाङ प्रहरीले पक्राउ गरेको छ । काठमाडौंबाट दैलेख जाँदै गरेका केशवकुमार विकलाई फेसबुकमा चिजान भएकी निर्मला भन्ने महिलाले बुटवलमा झर्न भनेर अपहरण गरेको अभ...
दाङको राप्ती नदीमा विद्यार्थी बोकेको डुंगा दुर्घटना भएको छ । विद्यार्थी बोकेर नदी पार गर्न लागेको उक्त डुंगा दुर्घटना हुँदा २५ विद्यार्थी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख सुरेश काफ्लेले दिएको जानकार...
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी र सो बाहिनी मातहतका इकाइहरूको निरीक्षण गरेका छन् । उनले बुधवार बाहिनी र सो मातहतका इकाइहरूको निरीक्षण गर...
राजस्व अनुसन्धान विभागले १ करोड १० लाख २४ हजार २९ रुपैयाँ बिगो कायम गरी ६ जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ । सुनवल नगरपालिका वडा नम्बर ३ का धर्मराज हरिजन, लुम्बिनी सांस्कृतिक नगरपालिका वडा न...
नेपाल टेलिकमले ग्राहकहरूको सजिलोका लागि भारतमा कल गर्न इन्डिया भ्वाइस प्याक सेवा उपलब्ध गराएको छ । बिहीवारदेखि लागू भएको प्याकेजअन्तर्गत उपलब्ध दैनिक, साप्ताहिक र मासिकमध्ये आफूलाई उपयुक्त अवसर छनोट गरी सदुप...
बलात्कारको आरोप लागेका पुर्चौंडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्रसिंह नेगीलाई कारागार चलान गरिएको छ । जिल्ला अदालतले नेगीलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहील...
शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...