०९ असार २०८३, मंगलबार

भारतीय नागरिकको हत्या आरोपमा ३ जना पक्राउ, यस्तो छ हत्याको नालीबेली

भारतीय नागरिकको हत्या आरोपमा ३ जना पक्राउ, यस्तो छ हत्याको नालीबेली

भारतीय नागरिक जापाडिया नरेशकुमार बाबु भाइको हत्या गरेको आरोपमा झापा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ  । अर्जुनधारा नगरपालिका–४ साहसी टोलस्थित कच्ची सडक खण्डको ह्युम पाइपभित्र बोरामा फेला परेको शवको पहिचान भएसँगै हत्यामा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा झापा अर्जुनधारा–७ कि ३२ वर्षिया जानुका सुवेदी थापा, उनको ४९ वर्षीय श्रीमान् बर्ख बहादुर थापा र सुनसरी वराहक्षेत्र–१० का २५ वर्षीय सुरेश परियार रहेका छन् । अन्य एक जना भने फरार रहेका छन् । असार १२ गते साँझमा नरेशको हत्या भएको खुलेको छ । 

यस्तो छ हत्याको नालीबेली 
झापा प्रहरी प्रमुख एसपी विश्वमणि पोख्रेलका अनुसार २०७६ साल मङ्सिरमा जानुका सुवेदी थापा भारतको दिल्लीमा गएर २ महिना बसेकी थिइन् । उनी त्यहाँबाट गुजरातमा गएर डेढ महिना बसिन् । गुजरातमा ​ नरेशसँग जानुकाको  चिनजान भएको थियो । थापालाई गत फागुनको अन्तिम साता भारतको पानी ट्यांकीमा ल्याएर नरेशले छाडेका थिए । २०७६ चैत्रमा भारतीय गाडीमा जानुकाका छोरा छोरीलाई खेलौना तथा लत्ताकपडा समेत नरेशले पठाएका थिए । नरेशले थापाको घर बनाउनका लागि पाँच लाख दिएको समेत प्रहरी उपरीक्षक पोख्रेलले बताए । नरेशलाई इलाका प्रहरी कार्यालय रानी विराटनगरले अबैध भारतीय नोट भारु ५९ हजार सहित २०७९ बैशाख ४ गते पक्राउ गरेको थियो । पक्राउपछि उनी आन्तरिक राजस्व कार्यालयबाट धरौटीमा छुटेको र तारेकमा रहेका थिए । 

गत जेठमा जानुकाको घरमा आएर उनी तीन दिन बसेर गएका थिए । त्यो बसाई देखिनै हत्या गर्ने योजना बनाएको देखिएको प्रहरी उपरीक्षक पोख्रेलले बताए ।  तीन दिन बस्दा श्रीमानकै अगाडि दूर व्यवहार गरेको जानुकाले बयानमा भनेकी छिन् । त्यसपछि नै उनीहरूले हत्या योजना बनाएको खुलेको उनले बताए । 

असार ७ गते उनी जानुकाको घरमा आएका थिए । ८ गते पनि उनी त्यही बसेको झापा प्रहरीले बताएको छ ।  ९ गते उनी तारेकका लागि इटहरी गएका थिए । तारेक सकेर उनी दिउँसो साढे २ बजे पुनः जानुकाकै घरमा गएका थिए ।

९ गते नरेशलाई मार्ने गरी जानुका र उनका श्रीमान् बृख बहादुर थापाले दुई जना व्यक्ति परिचालन गरेको खुलेको मोरङ प्रहरीले जनाएको छ । सुरेश परियार र अर्का व्यक्तिलाई   नरेशलाई मारे बापत ५ लाख दिने गरी सहमति भएको पोख्रेलले बताए । सुरेश ९८ गते बिहानै जानुकाको घरमा पुगेका थिए । उनी सँगै अर्का व्यक्ति पनि पुगेका थिए । 

साझामा सुरेश अर्का व्यक्ति र नरेश सँगै बसेर मादक पदार्थ सेवन गरेका थिए ।साँझ ८ः३० बजे भुइतलाको उत्तर तर्फको कोठाको ढोकामा उभिरहेका नरेशलाई सुरेशले पछाडि बाट टाउकोमा मुड्कीले प्रहार गरेका थिए । सुरेशको प्रहारपछि उनी भुईँमा ढलेका थिए । उनी भुईँमा लड्नासाथ सुरेशले मुख थुनेका थिए भने अर्का व्यक्तिले फलामको मार्ताेलले निधार लगायत टाउकाको विभिन्न भागमा हिर्काएका थिए । 

घटना लुकाउनका लागि उनीहरूले शवलाई बोरामा प्याक गरेर बृख बहादुर थापाले चलाउने प्रदेश न. १–०१–०१२ प ८५० नम्बरको मोटरसाइकलमा सुरेश र अर्का व्यक्तिले अर्जुन धारा ७को साहसी टोलमा  हाम पाइपमा राखेर फर्केका  थिए । काम सकिएपछि सुरेशलाई जानुकाले सुरुमा २५ हजार दिएकी थिइन् । उनले दोस्रो पटक १ लाख ७५ हजार सुरेशलाई दिएकी थिइन् भने अर्का व्यक्ति  लाई १ लाख दिएकी थिइन् । २ लाख भने दिन बाकी रहेको झापा प्रहरीले जनाएको छ ।  तीन जना पक्राउ गरे पनि एक जना फरार रहेकाले खोजीकार्य जारी रहेको झापा प्रहरीले जनाएको छ । 

प्रहरीले ज्यान लिन प्रयोग भएका मोटरसाइकल, फलाको बिँड भएको मार्तोल, काठको बिँड भएको फरुवा, खुकुरी, पानीले भिजेको अवस्थाको तन्ना २ थान, हाते झोला, रातो, कालो र सेतो रङको डोरी, मोबाइल तथा खालि बोतल नियन्त्रणमा लिएको छ ।  

salt training

कमेन्ट गर्नुहोस्