१२ असार २०८३, शुक्रबार

मकवानपुरमा जन्ती बोकेको ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, २६ घाइते

मकवानपुरमा जन्ती बोकेको ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, २६ घाइते

मकवानपुरको वाग्मतीमा विवाहको जन्ती बोकेको ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने २६ जनाभन्दा बढी घाइते भएका छन् ।  

आज साँझ पूर्वी मकवानपुरको बकैया–७ को बेतिनीबाट बेहुली लिएर सिन्धुलीतर्फ जाँदै गरेको ना६त ८०७३ नंको ट्र्याक्टर अनियन्त्रित भई पल्ँिटदा सिन्धुलीकी १६ वर्षीय किशोरी सलिना राईको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य २६ जनाभन्दा बढी घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । 

दुर्घटनामा अन्य तीनजना गम्भीर घाइते भएको जनाइएको छ । गम्भीरसहित सबै घाइतेहरुको हेटौँडास्थित विभिन्न अस्पतालहरुमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्