०९ साउन २०८३, शनिबार

कोपनहेगनको एक शपिङ मलमा गोली चल्यो

असार २०, २०७९
कोपनहेगनको एक शपिङ मलमा गोली चल्यो

डेनमार्कको कोपनहेगन स्थित एक शपिङ मलमा गोलाबारी भएको छ । 

सो फायरिङमा केही मानिसको मृत्यु समेत भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

प्रहरीले  घटनामा संलग्न रहेको आशंकामा एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान शुरू  गरेको बताएको छ । 

घटनामा कति मानिसको ज्यान गएको वा घाइते भएकोभन्नेबारे खुलिनसकेको बताइएको छ । 

घटनास्थलको तस्वीर इन्टरनेटमा राखिएको छ । 

तस्वीरमा सो स्थानमा गोलाबारीपछि भागदौड मच्चिएको देखिएको छ ।

स्थानीयहरूले गोलीको ठूलो आवाज आएको बताएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्