×

X
Nic Asia
Marvel
Khukuri

कोशी अस्पतालको नाममा क्लिनिक खोल्नेलाई कारबाही गर्न प्रशासनलाई पत्राचार

मोरङ | असार २०, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

कोशी अस्पताल विराटनगरको नाम दुरुपयोग गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई पत्राचार गर्न अस्पतालले स्थानीय प्रशासनलाई पत्राचार गरेको छ । 

DHARA
LAxmi BAnk

कोशी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा चिकित्सकहरूले सोही अस्पतालको नाम राखेर बाहिर क्लिनिक सञ्चालन गरेको पाइएपछि त्यसलाई कारबाहीको दायरामा ल्याउन अस्पतालले प्रशासनलाई पत्र पठाएको हो । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

अस्पतालका मेडिकल सुपरिडेण्डेन्ट डा.यज्ञराज खरेलले अस्पतालको नाम दुरूपयोग गरी क्लिनिक सञ्चालन गरेको भन्दै त्यसलाई अनुसन्धान गरेर आवश्यक कारबाही गर्न जिल्ला प्रशासन कार्यालय मोरङलाई पत्र पठाएका हुन् । 

आइतवार मेसु डा. खरेलले प्रशासनलाई लेखेको पत्रमा लेखिएको छ ‘कोशी अस्पतालको नाम बोर्डमा अनधिकृत रूपमा राखी बाहिर निजी क्लिनिक सञ्चालन गरिरहेका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आवश्यक कारबाही हुनका लागि अनुरोध छ ।’


Advertisment
Bizbazar
Saurya island

कोशी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले अस्पतालकै नाम राखेर अस्पताल नजिकै निजी क्लिनिक सञ्चालन गरेका थिए । त्यसरी सञ्चालित क्लिनिक तत्काल बन्द गराउन युवाहरूले माग गरेका थिए । 

युवाहरूको दबाबपछि अस्पतालले कारबाहीको प्रक्रिया अगाडि बढाएको हो । विराटनगरका स्थानीयवासी मुकेश बुढाथोकीले अस्पतालको नाम दुरूपयोग गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई कडा कारबाही गर्न माग गरे । 

Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १६, २०७९

दशैंको बिदामा चितवनका अस्पतालले सेवालाई नियमित गर्ने भएका छन् ।  प्रायः अस्पतालले बहिरङ्ग बाहेकका सम्पूर्ण सेवा नियमित सञ्चालन गर्ने भएका हुन् । केही अस्पतालले भने दशैंको टीकाको दिनबाहेक अन्य दिनमा ब...

असोज २०, २०७९

दूध र दही सजिलै जहाँ पनि पाइने खानेकुरा हुन् । यी दुवैको सेवन स्वास्थ्यका लागि राम्रो हुन्छ । तर दूधभन्दा दही खानु स्वास्थ्यका लागि लाभदायक छ ।  दूधलाई अमिलो बनाएर दही जमाइने हो । यसमा भएका ब्याक्टेरिय...

असोज १७, २०७९

हामीले स्वस्थ्य रहनका लागि खानपानमा विशेष ध्यान दिनु आवश्यक छ । शरीरलाई आवश्यक क्यालोरी मिलाएर खाएको खण्डमा अनेक खालको रोगका समस्यालाई कम गर्न सकिन्छ । त्यसकालागि खानपानमा विशेष ध्यान दिन जरुरी छ । खानाला...

असोज १७, २०७९

नेपालीहरू असाध्यै बढी रक्सी पिउँछन् । अनि रक्सीले झ्याप भएर ह्याङओभरका कारण टाउको पनि समातिरहेका भेटिन्छन् । ह्याङओभर छिट्टै उत्रिँदा पनि उत्रिँदैन । यहाँ हामी ह्याङओभर उतार्ने तरिका सिकाउँछौं । तर हाम्रो उद्दे...

असोज १७, २०७९

केराको चिप्स खानको लागि स्वादिष्ट मात्र होइन, धेरै स्वास्थ्य लाभहरू पनि छन् । तर, यो अलि महँगो भएकाले मानिसहरुले यसलाई कमै खाने गर्छन् । यो एक धेरै स्वस्थ खाजा हो, जुन काँचो केराबाट बनाइन्छ । बालबालिका, वयस्क, स...

असोज १६, २०७९

काभ्रेपलान्चोकको रोशी गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका ३ हजार ७०० ज्येष्ठ नागरिकको बीमा गर्न अभियान सञ्चालन गरेको छ ।  निःशुल्क ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत गाउँपालिकाको १२ वडामा अभिक...

कता हरायो दशैं ?

कता हरायो दशैं ?

असोज १८, २०७९

दशैं नेपाली समाजको पोयो हो । दशैंलाई धार्मिक, आर्थिक र अरू धेरै आयामबाट हेरिए पनि यसको सामाजिक–सांस्कृतिक आयाम चाहिँ फराकिलो छ । सामाजिक सहभाव, सम्बन्ध सौहार्द्धताका कारण दशैं नेपालीको जीवनसंस्कृति ब...

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

असोज १८, २०७९

सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । राप्रपा विभाजन गरेर बनेको जनशक्ति पार्टीको कार्यालय कमलपोखरीमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । ठ्याक्कै मिति यकिन नभएपनि २०६१ सालको शुरूतिर हुनुपर्छ । म भर्खर पत्रकारिताम...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

ad
x