
लुम्बिनी साँस्कृतिक नगरपालिका–६ बसपार्कबाट हतियारसहित तीन जना पक्राउ परेका छन् । प्रहरीले १ थान कटुवा पेस्तोल, सोही पेस्तोलको २ थान गोली र १ थान चक्कुसहित उनीहरूलाई आइतवार राति पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा भारत सिद्दार्थनगर बस्ने चिनक भनिने ३४ वर्षीय मेदी हुसेन, सोही ठाउँ बस्ने ५१ वर्षीय अक्बर खान र ५५ वर्षीय आसिक अलि रहेका छन् ।
उनीहरू सवार यूपी ५५ एडी ०६८४ नम्बरको मोटरसाइकललाई शंका लागि इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरीले पिछा गर्ने क्रममा मोटरसाइकलले गोरूलाई ठक्कर दिई दुर्घटना हुँदा उनीहरूको साथबाट उक्त हतियार बरामद गरेको हो । घाइते भएका उनीहरूको मेडिकल कलेज भैरहवामा प्रहरीको निगरानीमा उपचार भइरहेको छ ।
घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।