
रुसको प्रमुख ऊर्जा कम्पनी रोजनेफ्टले उत्तरी ध्रुवमा रहेको पेचोरा सागरमा विशाल तेल खानी पत्ता लागेको घोषणा गरेको छ । त्यहाँ लगभग ८ करोड २० लाख टन तेल रहेको अनुमान छ ।
मेडीन्स्को–भारानडेस्की क्षेत्रमा ड्रिल गर्दा तेलखानी पत्ता लागेको हो । ‘परीक्षणका क्रममा तेल सहज रूपमा बगिरहेको पाइयो,’ रोजनेफ्टले बयान जारी गर्दै बतायो । ‘त्यसको अधिकतम प्रवाह दर दिनको २२० घनमिटर छ ।’
त्यहाँको तेल हलुका, कम सल्फर भएको र कम बाक्लो छ ।
रोजनेफ्टले उत्तरी ध्रुवका कुल २८ वटा क्षेत्रमा तेल उत्खननको अनुमति पाएको छ । तीमध्ये आठवटा क्षेत्र पेचोरा सागरमा छन् ।
विशाल तेल भण्डार भेटेसँगै रुस ऊर्जामा थप आत्मनिर्भर बनेको छ । पश्चिमले लगाएको प्रतिबन्धको खासै असर उसलाई परेको छैन ।