२६ जेठ २०८३, मंगलबार

माओवादी केन्द्रको बैठक सकियोः मंगलवार प्रचण्डले जवाफ दिने

माओवादी केन्द्रको बैठक सकियोः मंगलवार प्रचण्डले जवाफ दिने

काठमाडौंमा जारी नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा सदस्यहरूले बोल्ने क्रम सकिएको छ। आइतवारदेखि शुरू भएको बैठकमा सोमबार केन्द्रीय सदस्यहरू आफ्नो धारणा राखेका छन्। 

आइतवार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकमा पेश गरेको प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखेका हुन्। प्रस्तावमा बोल्नका लागि केन्द्रीय सदस्यहरूलाई दुई मिनेटको समय निर्धारण गरिएको थियो। केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकिएपछि सोमवारको बैठक स्थगित भएको छ। 

केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकिएकाले मंगलवारको बैठकमा छलफलका क्रममा उठेका विषयहरूको अध्यक्ष प्रचण्डले जवाफ दिने कार्यसूची तयार गरिएको छ।

प्रचण्डले जवाफ दिएपछि माओवादी केन्द्रीय बैठक समापन हुनेछ।

salt training

कमेन्ट गर्नुहोस्