०५ असार २०८३, शुक्रबार

हेटौंडा उपमहानगरको योजना तथा नीति र विनियोजन सर्वसम्मतले पारित

हेटौंडा उपमहानगरको योजना तथा नीति र विनियोजन सर्वसम्मतले पारित
फाइल फोटो

मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि प्रस्ताव गरेको नीति तथा कार्यक्रम तथा बजेट अर्थ विधेयक २०७९ र विनियोजन विधेयक २०७९ सर्वसम्मतले सोमवार पारित गरेको छ । 

उपमहानगरपालिकाको सोमवार बसेको ११औं अधिवेशनको तेस्रो बैठकले नीति, कार्यक्रम तथा बजेट विधेयक २०७९ र विनियोजन विधेयक २०७९ सर्वसम्मतले पारित भएको हो ।

उपमहानगरपालिकाले असार १२ गते नीति तथा कार्यक्रम र कार्यावन्यनका लागि २ अर्ब ७१ करोड ७९ लाख ७२ हजार रुपैयाँ बजेट सार्वजनिक गरेको थियो । नगरको विकासका लागि विभिन्न ठूला तथा साना, पुराना, अधुरा योजनाहरू तथा नयाँ योजनाहरू पूरा गर्न र अगाडि बढाउन सोमवार पारित भएको बजेटले बाटो खुला गरेको बताइएको छ ।

हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीना लामाले सोमवार पारित विनियोजन विधेयकले नगरको विकासले गति लिने बताए । यसअघि सो उपमहानगरपालिकाले प्रत्येक वडाका वडाध्यक्ष तथा सचिवहरूलाई प्रशासन तथा योजना सञ्चालनका विषयमा १ दिने अभिमुखीकरण कार्यक्रम गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्