०६ असार २०८३, शनिबार

पूजा शर्माको फिल्मपछि ‘जेरी २’मा जोडिए अनमोल केसी

पूजा शर्माको फिल्मपछि ‘जेरी २’मा जोडिए अनमोल केसी

चलचित्र ‘जेरी २’ निर्माण हुने भएको छ।

८ वर्षअघि प्रदर्शनमा आएको अनमोल केसी र आना शर्मा अभिनित रोमान्टिक चलचित्र ‘जेरी’लाई युवापुस्ताका दर्शकले निकै रुचाएका थिए।

चलचित्रमा दोस्रो श्रृङ्खलाका लागि पनि अभिनेता अनमोल केसी अनुबन्धित भएका छन्। आइतबार निर्माता र अनमोलबीच लिखित सहमति भएको हो। 

‘जेरी २’लाई ‘जेरी’कै निर्देशक हेमराज बीसीले निर्देशन गर्नेछन्। चलचित्रको निर्मातामा भने सरोज न्यौपाने र रामकृष्ण श्रेष्ठ छन्। 

चलचित्र कहिलेदेखि छायाँकनमा जाने र अभिनेत्रीलगायत अन्य कलाकारहरू को–को रहने भन्नेबारे भने तय भइसकेको छैन। अनमोलले हालै ‘छड्के २’ र पूजा शर्माको नयाँ चलचित्र लगायतमा काम गर्ने सम्झौता गरिसकेका छन्।

salt training

कमेन्ट गर्नुहोस्