×

NMB BANK
NIC ASIA

निरन्तर घाटामा निगम

इण्डियन आयल कर्पोरेशनलाई निगमले तिर्नुपर्ने बक्यौता ३० अर्ब नजिक

असार २०, २०७९

NTC
Premier Steels

नेपाल आयल निगमले इण्डियन आयल कर्पोरेशन (एनओसी)लाई तिर्नुपर्ने बक्यौता ३० अर्ब नजिक पुगेको छ । लागत अनुरुप मूल्य बढ्न नसक्दा आर्थिक संकट बढिरहेको निगमको भनाइ छ ।  

Muktinath Bank

निगमका अनुसार रसिया–युक्रेन युद्धबाट सिर्जना भएको विश्व उर्जा संकटका कारण पछिल्लो १५ दिनमा प्रशोधित पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय बजारमै मूल्यवृद्धि भएको छ भने सोहीअनुसार   इण्डियन आयल कर्पोरेसनबाट नेपालमा खरिद मूल्य बढेर आएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पेट्रोलियम पदार्थहरूको लागत मूल्य निरन्तर बढिरहेको हुँदा खरिद वापत भुक्तानी गर्नुपर्ने बक्यौता रकम समेत बढ्दै गई असार २४ सम्ममा करिव ३० अर्व पुग्न जाने देखिएको निगमको विज्ञप्तिमा उल्लेख छ ।  यस किसिमको आर्थिक संकटलाई केही भएपनि कम गर्न निगम व्यवस्थापनको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य प्रति लिटर २ तथा डिजेल र मट्टितेलमा प्रति लिटर रु ९ रुपैयाँ बढाउने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ । यस्तै हवाई इन्धन (आन्तरिकतर्फ) प्रति लिटर ५ रुपैयाँ ले वृद्धि गरिएको पनि निगमले जनाएको छ।  बढेको मूल्य सोमबार मध्यरातदेखि लागू हुनेछ । मूल्य बढेपछि पेट्रोलको मूल्य प्रतिलिटर १८१ र डिजेल तथा मट्टितेलको १७२ रुपैयाँ पुगेको छ । 


Advertisment
Nabil box
Kumari

लागत अनुरुप मूल्य समायोजन हुन नसकेको कारणबाट पेट्रोलियम पदार्थ खरिद वापत इण्डियन आयल कर्पोरेशनलाई तिर्नुपर्ने बक्यौता रकम बढ्दै जाने देखिएको भन्दै निगमले आपूर्ति व्यवस्था सहज बनाइ राख्न चुनौती थपिँदै गएको जनाएको छ । 

Vianet communication

निगमले सरकारलाई समेट इन्धनको खपत घटाउने गरी १० बुँदे प्रस्ताव गरेको छ । जसमा जसमा पेट्रोल डिजेलमा कोटा प्रणाली कायम गर्नेदेखि शनिवार गाडीरहित सार्वजनिक बिदा दिने लगायत छ । 
निरन्तर मूल्य बढेपछि सरकारमाथि मूल्य घटाउन चर्को दवाव परेको थियो । जस अनुरुप गत शनिबार सरकारले पेट्रोलियम कर घटाएर मूल्य घटाएपछि लागत मूल्य बढेको भन्दै पुनः वृद्धि गरिएको हो । 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x