०५ साउन २०८३, मंगलबार
निरन्तर घाटामा निगम

इण्डियन आयल कर्पोरेशनलाई निगमले तिर्नुपर्ने बक्यौता ३० अर्ब नजिक

इण्डियन आयल कर्पोरेशनलाई निगमले तिर्नुपर्ने बक्यौता ३० अर्ब नजिक

नेपाल आयल निगमले इण्डियन आयल कर्पोरेशन (एनओसी)लाई तिर्नुपर्ने बक्यौता ३० अर्ब नजिक पुगेको छ । लागत अनुरुप मूल्य बढ्न नसक्दा आर्थिक संकट बढिरहेको निगमको भनाइ छ ।  

निगमका अनुसार रसिया–युक्रेन युद्धबाट सिर्जना भएको विश्व उर्जा संकटका कारण पछिल्लो १५ दिनमा प्रशोधित पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय बजारमै मूल्यवृद्धि भएको छ भने सोहीअनुसार   इण्डियन आयल कर्पोरेसनबाट नेपालमा खरिद मूल्य बढेर आएको थियो । 

पेट्रोलियम पदार्थहरूको लागत मूल्य निरन्तर बढिरहेको हुँदा खरिद वापत भुक्तानी गर्नुपर्ने बक्यौता रकम समेत बढ्दै गई असार २४ सम्ममा करिव ३० अर्व पुग्न जाने देखिएको निगमको विज्ञप्तिमा उल्लेख छ ।  यस किसिमको आर्थिक संकटलाई केही भएपनि कम गर्न निगम व्यवस्थापनको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य प्रति लिटर २ तथा डिजेल र मट्टितेलमा प्रति लिटर रु ९ रुपैयाँ बढाउने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ । यस्तै हवाई इन्धन (आन्तरिकतर्फ) प्रति लिटर ५ रुपैयाँ ले वृद्धि गरिएको पनि निगमले जनाएको छ।  बढेको मूल्य सोमबार मध्यरातदेखि लागू हुनेछ । मूल्य बढेपछि पेट्रोलको मूल्य प्रतिलिटर १८१ र डिजेल तथा मट्टितेलको १७२ रुपैयाँ पुगेको छ । 

लागत अनुरुप मूल्य समायोजन हुन नसकेको कारणबाट पेट्रोलियम पदार्थ खरिद वापत इण्डियन आयल कर्पोरेशनलाई तिर्नुपर्ने बक्यौता रकम बढ्दै जाने देखिएको भन्दै निगमले आपूर्ति व्यवस्था सहज बनाइ राख्न चुनौती थपिँदै गएको जनाएको छ । 

निगमले सरकारलाई समेट इन्धनको खपत घटाउने गरी १० बुँदे प्रस्ताव गरेको छ । जसमा जसमा पेट्रोल डिजेलमा कोटा प्रणाली कायम गर्नेदेखि शनिवार गाडीरहित सार्वजनिक बिदा दिने लगायत छ । 
निरन्तर मूल्य बढेपछि सरकारमाथि मूल्य घटाउन चर्को दवाव परेको थियो । जस अनुरुप गत शनिबार सरकारले पेट्रोलियम कर घटाएर मूल्य घटाएपछि लागत मूल्य बढेको भन्दै पुनः वृद्धि गरिएको हो । 

salt training

कमेन्ट गर्नुहोस्